..::Nepal Veterinary Association::..
केन्द्रीय पशुपालक

२० जेठ, काठमाण्डौ  । नेपालको मौलिक पेसाका रूपमा रहेको पशुपालन व्यवसाय सङ्कटमा परेको भन्दै यसलाई व्यवस्थित पार्ने उद्देश्यले केन्द्रीय पशुपालक सङ्घ गठन गरिएको छ । पूर्वकृषिमन्त्री डा डम्बरनारायण यादवको अध्यक्षतामा गठन गरिएको सो सङ्घको उपाध्यक्षमा कृषिविज्ञ भद्रा घले, सचिवमा विनोद सापकोटा, सहसचिवमा अजवलाल यादव र कोषाध्यक्षमा नवराज मुडभरी रहनुभएको छ भने सदस्यमा रामकृष्ण शर्मा र देवीप्रसाद कँडेल हुनुहुन्छ । सङ्घले देशव्यापीरूपमा पशुपालन व्यवसायलाई वैज्ञानिक र व्यावसायिकरूपमा अगाडि बढाउने र पशुपालन व्यवसायलाई आर्थिक उन्नतिको आधारका रूपमा अगाडि बढाउने उद्देश्य लिइएको सो संस्थाका सदस्य रामकृष्ण शर्माले जानकारी दिनुभयो । संस्थाले चितवन, दाङलगायतका स्थानमा व्यावसायिकरूपमा पशुपालन व्यवसाय सुरु गर्ने बताएको छ ।