..::Nepal Veterinary Association::..
रेविज लागेर मृत्यु

दैलेख, चैत (नागरिक) ७ - बहुला कुकुरको टोकाईबाट रेविज लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भैरीकालिकाथुम -७ का शेरबहादुर थापा रहेका छन्। उनको खुट्टामा ४ महिनाअघि कुकुरले टोकेको थियो।टोकाईबाट घाईते थापाको उपचार नेपालगञ्ज लगेर गरिए पनि घाउ निको नभएपछि मृत्यु भएको हो। बाहुला कुकुरले भैरीकालिकाथुम गाविसमा ३ जना बढी मानिसलाई टोकेको छ। उनीहरुको उपचार भैरहेको छ।गाविसमा गाई गोरु र भैँसी समेत कुकुरले टोकेको गाविस सचिव विष्णु गिरीले बताए।

Source: Nagariknews.com